Like us!
Follow us!
Connect us!
Watch us!

बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, १३ : ५३ मा प्रकाशित

बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएकाे छ । मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेकाे हाे ।

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि ५९ महिना उमेरसमूहका बालबालिकालाई ‘भिटामिन ए’ साथै जुकाको औषधिसमेत खुवाइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

६ र ७ वैशाखमा देशव्यापी रूपमा सञ्चालन हुने अभियानमा सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई ‘भिटामिन ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ । 

कोरोना महामारीका कारण वितरण केन्द्रमा जाँदा कोभिड-१९ विरुद्धका सबै जनस्वास्थ्य मादपण्डको पूर्ण पालना गर्न र गराउनसमेत सबैमा अनुरोध गरेको छ । 

May be an image of 1 person and text that says "बालबालिकालाई 'मिटामिन ए' र 'जुकाको औषधी खुवाउने सूचना यही वैशाख ६ र गते देशव्यापी रुपमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सत्चानल हुने भएकाले, देखि ५० महिना उमेरसम्मका बालबालिकालाई भिटामिन 'ए' तथा १२ देखि ५Q महिना उमेरसम्मका बालबालिकालाई 'भिटामिन ए साथै जुकाको औषघी' खुवाईदै छ त्यसैले सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नलुटाई भिटामिन ए र जुकाको औषधी खुवाओं। वितरण केन्द्रमा जाँदा कोमिड-१९ विरुद्ुका सबै जनस्वास्थयका मापदण्डको पूर्ण पालना गर्न र गराउन नमुलाँ| कोरोना संक्रमणवाट बच्नका लागि नस्तास्थ्यका सब मापदणडको परालना ਗरੀ सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा. सूचना तथा सज्चार केन्द्र"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको