Like us!
Follow us!
Connect us!
Watch us!

महावीर पुन : देश समृद्ध बनाउने सपना, लाखाैँ युवाका प्रेरणा (भिडियाे)

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, १६ : ३२ मा प्रकाशित

राष्ट्रिय आविष्कार केन्द्र समान उत्पादन गर्ने थलो नभई उद्यमी उत्पादन गर्ने क्षेत्र रहेको बताउँछन् वैज्ञनिक एवमं आविष्कारक महावीर पुन।  युवाहरुमा भएको उद्यमको सोचलाई सार्थकता दिने र खोज अनुसन्धानको बनिको विकास गर्ने थलो राष्ट्रिय आविष्कार केन्द्र हो। २२ वर्षको समाजसेवा को अनुभव र युवा पलायनको चिन्ताले खोलिएको राष्ट्रिय केन्द्र अहिले ३ वर्ष भइसकेको छ र जसबाट ८८ युवाहरुको समुहले विभिन्न विषयमा खोज अनुसन्धान गरिरहेको उनी बताउँछन्। 

राष्ट्रिय आविष्कार केन्द्रमा खोज र अनुसन्धान गर्न कुनै शैक्षीक योग्यता भन्दापनि रचनात्मक रूपमा समस्या समाधानको सोच, खोज अनुसन्धान प्रतिको रुची आवश्यक रहने उनी बताउँछन्। राष्ट्रिय आविष्कार केन्द्रमा आएर सोचबाट विकास भएको उद्यमलाई बजारीकरण सम्म आवश्यक सहयोग गर्ने र सोचलाई आम्दानी सम्म पुर्याउन सहयोग गर्ने उनी बताउँछन्। उद्यमको सोच भएका युवा राष्ट्रिय आविष्कार केन्द्रमा गएर अनुसन्धान र विकास गर्दा आविष्कार केन्द्रले कुनै पनि शुल्क नलिने साथै उद्यम प्रवर्धन र उद्यमशीलता विकास र प्रवर्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रले सदैव सहयोग गर्ने उनी बताउँछन्। 

नेपालमा खोज र विकासमा सरकारको कुनै पनि चासो नदेखिएको र सरकारले बजेट ल्याउँदा यस क्षेत्रलाई छुट्टै विधा दिएर बजेट ल्याउनुपर्ने र आज सम्म ३ वर्षको अवधिमा राष्ट्रिय आविष्कार केन्द्र सत प्रतिशत जनताको सहयोगबाट सञ्चालनमा रहेको उनी बताउँछन्। 

नेपालमा खोज अनुसन्धानको वातावरण सृजना नभएको र खोज गर्नुअघि सिदै बजारमा जाँदा धेरै उद्याम डुबेको साथै उद्यममा आकर्षित युवा लगानी लिएर बजारमा जाँदा बजारमा उद्यामले राम्रो गर्न नसक्दा ती उद्यमी पुनः उद्यममा नफर्किने गरेको हुँदा पहिला खोज अनुसन्धान गरेर समान बजारमा लैजाँदा प्रभावकारी रहने उनी बताउँछन्। 

राष्ट्रिय आविष्कार केन्द्र सुरुवातको कारण युवाको बौद्धिक पलायन रहेको र युवालाई उद्यमी बनाएर देशमा नै युवाको ज्ञानलाई परिचालन गर्ने उद्देश्य रहेको उनी बताउँछन्। उद्यमी बन्छु भन्दैमा कोही उद्यमी नबन्ने उद्यमी बन्नलाई खोज र अनुसन्धान आवश्यक रहने हुँदा उद्यम र अनुसन्धान को खाडल पुर्न राष्ट्रिय आविष्कार केन्द्रले प्रयास गरिरहेको बताउँछन्। 

भिडियाे हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको