Like us!
Follow us!
Connect us!
Watch us!

महावीर पुनको जीवनकथा भोलि देखि बजारमा, कति पर्छ मुल्य ?

अर्थ संसार

सोमबार, २९ असोज २०८०, १९ : १२ मा प्रकाशित

महावीर पुनको जीवनकथा भोलि देखि बजारमा, कति पर्छ मुल्य ?

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनकाे आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ भोलिदेखि बजारमा र अनलाइनमा दराजमार्फत बिक्रीवितरण हुने भएको छ ।

उक्त पुस्तक आज देखि नै दराज अनलाइन र बजारमा उपलब्ध हुने भनिएपनि छापाखानाको प्राविधिक समस्याका कारण भोली बिहान देखि मात्र उपलब्ध हुने भएको हो । काठमाडौंमा अनलाइन अर्डर गर्न चाहने दराजबाटै र अनलाइन अर्डर नगर्नेले फोनबाट पनि अर्डर गर्न सक्ने पुनले जनाएका छन् । किताब घर घरमै डेलिभरी गरिदिने उनको भनाई छ ।

काठमाडौं बाहिर स्वयंसेवक, विद्यालयहरु र पुस्तक पसलहरुमार्फत किताबको बिक्रि वितरण हुनेछ । यसगरी विदेशमा अमेजनको किन्डलमार्फत पनि किताब खरिद गर्न सकिनेछ ।

किताबको मूल्य नेपालमा ७५० रुपैयाँ र किन्डलमा १० डलर तोकिएको छ । किताब बेचेर आएको सम्पूर्ण पैसा बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्ने काममा लगाइने पुनले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको