कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने भएको छ।
जेन जेडको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा जलेर ध्वस्त बनेको मोरङस्थित मालपोत कार्यालयलाई बैंकले आवश्यक मर्मत–सम्भारसहित पुनःनिर्माण गर्ने सम्झौता गरेको हो।
यसका लागि मालपोत कार्यालयका अधिकृत अजय राजवंशी र बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुषालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बैंकले हाल कार्यालयमा क्षतिको विवरण संकलन भइरहेको र प्रतिवेदन आएपछि पुनःनिर्माणको काम औपचारिक रूपमा सुरु हुने जनाएको छ।
कामना सेवा विकास बैंकले सामाजिक जिम्मेवारीअन्तर्गत यसअघि पनि शिक्षा, स्वास्थ्य र पुनःनिर्माणका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। बैंकले यस पटक गरेको पहलले सेवाग्राहीलाई सहज सेवा पुनःप्राप्तिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस