Like us!
Follow us!
Connect us!
Watch us!

जेन जीबीच नै आर्मी हेडक्वार्टरअघि कुटाकुट

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १५ : १२ मा प्रकाशित

जेन जीबीच नै आर्मी हेडक्वार्टरअघि कुटाकुट

जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा रहेको हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढेको छ । अवस्था यतिसम्म पुगेको छ कि जेनजीहरु बीचनै एक अर्काबीच कुटाकुटको अवस्था सिर्जना भएको हो । 

सामाजिक सञ्जालमा समेत जेनजीका अलग–अलग समूह देखिएका छन् । यसैक्रममा सैनिक मुख्यालयमा भेला भएका युवाहरूबीच नै कुटाकुट भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडा भएको छ । विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेटाइखेदाइ भकुरिरहेका छन् ।

जेनजीका कसैले सुशीला कार्की, कसैले कुलमान, कसैले बालेन त कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् । जेनजीका नाममा फरक समूहको फरक वक्तव्यले उनीहरूको आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता लम्बिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको