Like us!
Follow us!
Connect us!
Watch us!

फिल्म साउथ एसिया बिहिबारदेखि प्रर्दशन हुने

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १५ : १० मा प्रकाशित

फिल्म साउथ एसिया बिहिबारदेखि प्रर्दशन हुने

दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव फिल्म साउथ एसिया–२०२२ बिहीबारदेखि ललितपुरमा सुरु हुदैछ । महोत्सवमा आठ मुलुकका ७१ फिल्म प्रदर्शन हुने भएका छन् । आगामी आइतबारसम्म ललितपुरको पाटनढोका स्थित यलमाया केन्द्रमा चल्ने फेस्टिभलको थिम यसपटक ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ । 

भारतीय गायिका, संगीतकार र गीतकार सोना मोहापत्रबारे बनेको ८५ मिनेट लामो वृत्तचित्र ‘सट अप सोना’को प्रदर्शनसँगै महोत्सव सुरु हुने भएको छ । ‘सट अप सोना’ भारतीय समाजमा समान सहभागिता र अधिकार खोज्न संघर्ष गर्ने महिला कलाकारको कथा हो । उद्घाटनमा पनि गायिका सोना उपस्थित हुने भएकी छन् ।

दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफल समेत महोत्सवमा आयोजना गरिनेछ । साथै, यसअघि विभिन्न फिल्म महोत्सवमा अवार्ड जितेका नेपाली वृत्तचित्र पनि प्रदर्शन गरिने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको