सर्वोच्च अदालतको आदेशसँगै सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनका सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
असार ३१ गते सर्वोच्च अदालतबाट जारी भएको आदेशबमोजिम, उक्त रिट निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि यो प्रक्रिया रोकिएको जानकारी आयोगले बिहीबार सूचनामार्फत दिएको हो।
यसअघि, आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वकर्मचारीबाहेकका अन्य सार्वजनिक जवाफदेही बोकेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरिरहेको थियो। विवरण बुझाउने अन्तिम म्याद बिहीबारसम्म तोकिएको भए तापनि अदालतको निर्देशनपछि यो सबै प्रक्रिया हाललाई यथास्थितिमा राखिएको आयोगले स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस