Like us!
Follow us!
Connect us!
Watch us!

बेल्जियम र नेदरल्याण्डका कूटनीतिज्ञलाई देश छाड्न रुसी अल्टिमेटम

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १३ : ५९ मा प्रकाशित

बेल्जियम र नेदरल्याण्डका कूटनीतिज्ञलाई देश छाड्न रुसी अल्टिमेटम

रुसले युरोपेली युनियनमा आबद्ध बेल्जियम र नेदरल्याण्डका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ । युक्रेनमाथि रुसी हमलाको विरोधमा पश्चिमा देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाइरहेका बेला मस्कोले पछिल्लो कदम चालेको हो ।

रुसी विदेश मन्त्रालयले २१ बेल्जियम र १५ हल्यान्डका कूटनीतिज्ञहरूलाई ‘पर्सना नन ग्रेटा’ जारी गरेको छ । उनीहरूलाई देश छाड्न दुई साताको समय दिइएको छ । यसअघि मस्कोले लक्जमवर्गका राजदूतलाई बोलाएर आफ्ना राजदूतलाई देश निकाला गरेको विषयमा विरोध जनाएको गरेको छ ।

युक्रेनमाथि रुसी हमलाको आलोचना भइरहेका बेला यो महिना रुस र ईयूका केही राष्ट्रले एक अर्का देशका राजदूतलाई निकाला गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको