Like us!
Follow us!
Connect us!
Watch us!

'सेयर बजारमा पैसा फल्छ, तर टिप्न जान्नुपर्छ'

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १७ : ०२ मा प्रकाशित

'सेयर बजारमा पैसा फल्छ, तर टिप्न जान्नुपर्छ'

नेप्से ३२०० को लेभलमा छँदै गर्दा सेयर बजारमा ठूलो उत्साह थियो। सबैजना बजार बढेर ३६०० भन्दा माथि पुग्छ भन्ने विश्लेषण गरिरहेका थिए। सेयरको 'स' पनि नजान्ने लगानीकर्ताहरु बजार बुम-बुम भन्दै सेयर किन्दै थिए। कोही फेसबुक लाइभमा आएर आफूले किनेका कम्पनीको प्रचार गर्दै थिए भने कोही नेप्से बढेर ६००० माथि पुग्छ भनिरहेका थिए। बजारले आफ्नो हाई बनाउँदै गर्दा निकै कम लगानीकर्ताहरुले मात्र उच्चतम बिन्दुमा बेच्न सकेका थिए। नेप्सेको  पिक एरियाको सही अनुमान गर्दै बजार ३२०० तिर हुँदै गर्दा नै आफ्नो पोर्टफोलियो खाली गर्न सफल भएकी लगानीकर्ता हुन्, दुर्गा तिवारी।  

'३२०० मा बेचिसकेपछि बिचमा फेरी बजार प्रवेश गर्न मन लागेको थियो तर म निकै अनुशासित भएँ र बजार २५०० को लेभलमा आइसकेपछि मात्रै प्रवेश गरेँ। २५०० तिर किनेका सेयरहरु २८०० को लेभलमा बेचेर निस्किएँ' उनी भन्छिन्।  

सेयर बजार पैसा फाल्ने ठाउँ हो तर टिप्न जान्नुपर्छ भन्ने तिवारी १५ वर्षदेखि दोश्रो बजारमा कारोबार गर्दै आएकी छन् । बजारमा कमाउनु भन्दा पनि कमाएको जोगाउनु ठूलो कुरा हो भन्ने राम्ररी बुझेकी उनी आफूले ५० कित्ता सेयर किनेर दोश्रो बजारमा कारोबार सुरु गरेको बताउँछिन। ५० कित्ता खरिद गरेर कारोबार सुरु गरेकी तिवारी अहिले लाखौँ कित्ता खरिद बिक्रि गर्छिन् । सही समयमा खरिद गर्न सक्ने र सही समयमा बेच्न जान्नेले नै बजारमा पैसा कमाउने उनको अनुभव छ।  

अहिले बजार निरन्तर रुपमा घटेर निकै तल आएको भन्दै उनले अलिकति लामो समयको लागि योजना बनाएर लगानी गर्ने यो उपयुक्त समय हुनसक्ने बताईन्। त्यस्तै बजारमा एउटा राम्रै स्विंग आउने सम्भावना रहेकाले ट्रेडरहरुको लागि पनि अहिलेको समय उपयुक्त रहेको उनको विश्लेषण रहेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको