Like us!
Follow us!
Connect us!
Watch us!

फिल्म हलहरुले बक्सअफिस जडान गर्नैपर्ने

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १५ : ५३ मा प्रकाशित

फिल्म हलहरुले बक्सअफिस जडान गर्नैपर्ने

चलचित्र विकास बोर्डले एक साताभित्र बक्स अफिस जडान नगर्ने हल बन्द गर्ने निर्णय गरेको छ । यो संगै फिल्महरुको लागी बक्स अफिस अनिवार्य भएको छ ।

केही फिल्म हलहरूले २०७५ देखि बक्स अफिस प्रणली लागू गर्दै आएका छन् भने केही हलहरूमा अझै बक्स अफिस प्रणली लागू भएको छैन । शुक्रबार बसेको चलचित्र विकास बोर्डको बैंठकले एक साताभित्रै मुलुकभरका हललाई बक्स अफिस प्रणालीमा लागू गर्न निर्देशन दिएको हो । 

‘हामीले धेरै अगाडिदेखि नै बक्स अफिस जडान गर्न निर्देशन दिएको हो । अब, एक साताभित्र बक्स अफिस जडान नगर्ने हल बन्द हुन्छ’, बोर्डका सदस्य अर्जुन कुमारले भने।

आगामी सोमबारदेखि मुलुकभरका हलमा अनुगमन गर्ने निर्णय समेत भएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको