Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो सातामा ‘ए मेरो हजुर ४’ ले कमायो ४ करोड

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १७ : ३४ मा प्रकाशित

पहिलो सातामा ‘ए मेरो हजुर ४’ ले कमायो ४ करोड

झरना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर ४’ले पहिलो साता पहिलो साताको कमाई सार्वजनिक गरेको छ । फिल्मको निर्माण पक्षले पहिलो साताको कमाइ ४ करोड १० लाख भएको जानकारी दिएको हो । 

‘ए मेरो हजुर ४’ गत साता बिहीबारदेखि प्रदर्शनमा आएको थियो। दक्षिण भारतीय फिल्म ‘केजीएफ २’सँगै सिनेमा हलमा लागेको फिल्मलाई नेपालका हलहरुमा तुलनात्मक रुपमा कम शो दिइएको थियो। 

अनमोल केसी, सलोन बस्नेत र सुहाना थापाको मुख्य अभिनय रहेको यो फिल्म झरना थापाले निर्देशन गरिरहेको पछिल्लो श्रृङ्खलाकै निरन्तरता हो। फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा निर्देशक थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन्।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको