Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले खुलायो निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति आवेदन

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, ११ : ३० मा प्रकाशित

सरकारले खुलायो निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति आवेदन

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरिएको छ ।

निजामती कर्मचारी (संघिय, प्रदेश र स्थानीय तह),नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा तीन तहकै सरकारका सार्वजनिक पदमा स्थायी नियुक्ति भएकाहरूका सन्ततिले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले सोमबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयमा आवेदन दिन भनेको छ ।

प्लस टूमा कम्तिमा सी प्लस वा जिपिए २.४ ल्याएका, स्वदेशी विश्वविद्यालय वा आंगिक, सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भएर स्नातक वा सो सरह तहको प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टरमा भर्ना भइ अध्ययन गरिरहेका र उमेर २५ वर्ष ननाघेकाले दरखास्त दिन पाउनेछन् ।

गत २६ फागुनमा स्वीकृत गरेको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ का लागी  सरकारले चालु आवमा साढे १४ करोड बजेट विनियोजन गरेको छ ।

यस्तो छ छात्रवृत्तिको रकम :
२० लाखभन्दा बढी शिक्षण शुल्क लाग्ने भए ५ लाख
१५ देखि २० लाखसम्म शिक्षण शुल्क लाग्ने भए ४ लाख
१० भन्दाबढी १५ लाखसम्म शिक्षण शुल्क लाग्ने भए ३ लाख
५ भन्दाबढी १० लाखसम्म शुल्क लाग्ने भए २ लाख
१ लाखभन्दा बढी ५ लाखसम्म लाग्ने भए १  लाख 
१ लाख रुपैयाँभन्दा कम लाग्ने भए शतप्रतिशत छात्रवृत्ति
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको