Like us!
Follow us!
Connect us!
Watch us!

इण्डोनेशियाले पाम तेलको निर्यात रोक्दा विश्व बजारमा मूल्य आकासिने आँकलन

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, ११ : ५७ मा प्रकाशित

इण्डोनेशियाले पाम तेलको निर्यात रोक्दा विश्व बजारमा मूल्य आकासिने आँकलन

संसारकै सबैभन्दा ठूलो पाम तेल उत्पादक इण्डोनेशियाले निकासी बन्द गरेको छ । रुस–युक्रेन युद्धको प्रभावलाई देखाउँदै राष्ट्रपति विडोडोले इण्डोनेशियाबाट पाम तेलको निकासी लाई प्रतिबन्धीत गर्ने घोषणा गरेका हुन् ।

रुस–युक्रेन युद्धको असरका कारण यतिबेला विश्वभर खानेतेलको मूल्य अनियन्त्रित गतिमा बढिरहेको छ । युक्रेनमा उत्पादन हुने भटमास, तोरी र सूर्यमूखीको तेलको निकासी यतिबेला विश्व बजारमा रोकिएको छ । यो सँगै, विश्व बजारमा खानेतेलको मूल्य दिनदिनै बढिरहेको छ । 

इन्डोनेसियाले विश्वभर तेलको मूल्य बढेका कारण आन्तरिक माग धान्न निर्यात रोक्ने निर्णय गरेको जनाएका छ । पाम तेलको प्रयोग कस्मेटिकदेखि प्याकेजिङ गरिने खाद्यान्नसम्ममा हुन्छ । इण्डोनेशियाले यसको निर्यातमा रोक लगाएसँगै विश्वव्यापी रूपमा प्याकेजिङ गरिएका खाद्यान्नको मूल्य बढ्ने आङ्कलन गरिएको छ ।

विश्वमा निर्यात हुने कुल पाम तेलमा इण्डोनेशियाको हिस्सा करिब ५० प्रतिशत छ । इण्डोनेशिया विश्वको ठूलो तेल उत्पादक र निर्यातक हो भने भारत विश्वको सबैभन्दा ठूलो खरिदकर्ता हो । भारतमा यसको प्रयोग ‘स्ट्रिट फूड’देखि, दूनोट, बेकरी, कस्मेटिक बनाउने लगायत खाने तेलको रूपमा समेत प्रयोग गरिन्छ । 

इण्डोनेशियाको यो निर्णयले सबैभन्दा ठूलो असर भारतलाई पर्छ । पाम तेलको आयातमा भारतमा असहज हुने बितिकै त्यसको स्वभाविक असर नेपालमा पनि पर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको