Like us!
Follow us!
Connect us!
Watch us!

फ्रान्सको राष्ट्रपतिमा इम्यानुएल म्याक्रोन पुनः विजयी

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, १२ : १२ मा प्रकाशित

फ्रान्सको राष्ट्रपतिमा इम्यानुएल म्याक्रोन पुनः विजयी

मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोन पुनः निर्वाचित भएका हुन् ।

म्याक्रोनले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् । म्याक्रोनले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकी पेनले ४१ दशमलब ४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अति दक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् ।

जीतपछि म्याक्रोनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले प्राप्त गरेको भोट नै उनको लागि सबैभन्दा ठूलो जीत रहेको बताएका छन्। चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोनको विजयको चाँहि युरोपेली नेताहरूले स्वागत गरेका छन् । ‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भनिन् ।

फ्रान्सको राष्ट्रपति चुनावमा यो पल्ट ७२ प्रतिशत भोटरले मतदान गरेका थिए
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको