राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी १८ करोड रुपैयाँ बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको हो ।
विभागले शुभलक्ष्मी इन्टरनेसनलका प्रोपाइटर तथा गणपति ट्रेड लिंक, एचवी ट्रेड एन्ड सम्लायर्स र एमके इन्टरनेसनलसमेतका मुख्य कारोबारी मनीषकुमार अग्रवाल, एचवी ट्रेड एन्ड सप्लायर्सका साझेदार तथा गणपति ट्रेड लिंका खाता सञ्चालक र एमके इन्टरनेसनलको कारोबारमा संलग्न हितेषकुमार अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो ।
यस्तै, एमके इन्टरनेसनलका प्रोपराइटर प्रमित महर्जन, एचवी ट्रेड एन्ड सप्लायर्सका साझेदार विमल अग्रवाल र गणपति ट्रेड लिंकका प्रोपराइटर दीपेन्द्रकुमार अग्रवालविरुद्ध पनि मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरुले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधनसहित)को दफा ३ ले निषेधित गरेको र सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कसुर गरेको विभागले दाबी गरेको छ ।
अनुसन्धान गर्दा १८ करोड पाँच लाख ६८ हजार रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको पाइएको उल्लेख गर्दै विभागले बिगो असुल गरी शतप्रतिशत जरिवाना तथा कैद सजायको माग–दाबी गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस