Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से आइतबार बन्द, कारोबार भने ५ दिन

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, १५ : ३८ मा प्रकाशित

नेप्से आइतबार बन्द, कारोबार भने  ५ दिन

सरकारले हप्ताको दुई दिने विदा दिने निर्णयसँगै सेयर बजारमा पनि २ दिन कारोबार बन्द हुने भएको छ  । तर, कारोबार दिन भने ५ दिनै हुनसक्ने नेप्सेले जनाएको छ ।  'सेयर बजार पनि बन्द हुनेछ भनेर निर्णय केही भएको छैन, तर सरकारको निर्णयसँग सेयर बजार पनि शनिबार र आईतबार बन्द हुन सक्छ' नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले अर्थ संसारलाई भने-' कारोबारको दिन भने सोमबारदेखि शुक्रबारसम्म खुलाईन सकिने छ । ' अहिले आइतबारदेखि बिहीबार सम्म सेयर कारोबार हुँदै आएको । 

परीक्षणको रूपमा लागू हुने गरी शनिवार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उक्त समयदेखि बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन गरिनेछ । मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले विदाको समय बढाएको हो । 

विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक विदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो । त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको