आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंमा सम्पन्न सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ ।
कार्यक्रमले सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन पनि गरेको छ । सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गर्नका साथै अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान स्वीकृत गरेको छ ।
सभामा बोल्दै अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्षजनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभावरहेको स्वीकार गरे । साथै कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच पुर्याउन कटिबद्धरहेकोे प्रतिबद्धता जाहेर गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस