Like us!
Follow us!
Connect us!
Watch us!

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

अर्थ संसार

सोमबार, १९ बैशाख २०७९, १६ : ०५ मा प्रकाशित

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीय तह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन् । 

 

“खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ” बर्दिबास नगरपालिका–९ पशुपतिनगरका महेन्द्र महतोले भने । वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उनले बताए । वर्षाले बर्खे धान र कोदोको धुले ब्याड राख्न सजिलो भएको छ । तरकारी बाली लगाउन पर्याप्त चिस्यान भएको भङ्गाहा नगरपालिका–४ रामनगरका चन्देश्वर राय दनुवारले बताए ।  

वर्षाले किसान खुसी भए पनि उम्मेदवार भने बिलखबन्दमा परेका छन् । लगातारको वर्षाले मतदाता भेट्न र चुनावी प्रचारको अभियान बढाउन नपाउँदा उम्मेदवारलाई छटपटी भएको छ । “वर्षाले प्रचार प्रसार गर्न अप्ठ्यारो भएको  छ”, भङ्गाहा–४ का वडाध्यक्षका उम्मेदवार गङ्गाराम महतो भने, “खेतीपातीको समय छ, मतदाता घरमा कमै भेटिन्छन् ।”

वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । वर्षाले चुनावी प्रचार अभियानमा बाधा पुगेको छ । बर्दिबास–७ का वडाध्यक्षका उम्मेदवार धनसिंह क्याप्छाकीले भने, “प्रचारमा वर्षाले असर गर्याे ।” 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको