Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बिच मर्जर : कति पुग्नेछ चुक्ता पुँजी?

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, ०६ : ५५ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बिच मर्जर : कति पुग्नेछ चुक्ता पुँजी?

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जमा जाने सहमति गरेका छन्।  दुई कम्पनीले बिहिबार समझदारी पत्र (एमओयु)मा हस्ताक्षर गरेका हुन्। 

बिमा समितिले  पुँजी वृद्धिको योजना ल्याएपछिदुई कम्पनीबीच बिहीबार समझदारी पत्र भएको हो। 

१ :१ मर्जर पछि कति पुग्नेछ पुँजी ? 

अहिले हिमालयन जनरल इन्स्याेरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ  भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ ।

१:१ को अनुपातमा गभिए अब बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

हालै मात्र बिमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो ।
सोहि कारण नै यी दुई कम्पनी मर्जरमा जान तयार भएको देखिन्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको