Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरलले डाक्यो विशेष साधारणसभा, मर्जर सम्बन्धी प्रस्ताव पारित हुने

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, ११ : ३८ मा प्रकाशित

हिमालयन जनरलले डाक्यो विशेष साधारणसभा, मर्जर सम्बन्धी प्रस्ताव पारित हुने

हिमालयन जनरल इन्स्योरेन्सले विशेष साधारणसभा डाकेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आईतबार बसेको बैठकले विशेष साधारणसभा यही असार २ गते काठमाण्डौको एयरपोर्टस्थित होटेल एयरपोर्टमा बिहान ११ बजेबाट डाकेको हो। 

विशेष सभाले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । साथै मिति २०७९ वैसाख २३ गते मर्जर प्रकिया सुरु भए देखिनै यस कम्पनीको शेयर कारोवार रोक्का रहेकाले मिति २०७९ जेष्ठ २५ गतेसम्म शेयरधनी लगत कितावमा नाम रहेका सवै शेयरधनीहरुले विशेष साधारण सभामा उपस्थिति हुन सक्नेछन् । 

 मर्जर पछि कति पुग्नेछ पुँजी रु 

अहिले हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ  भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ ।

१स्१ को अनुपातमा गभिए अब बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

हालै मात्र बिमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो ।
सोहि कारण नै यी दुई कम्पनी मर्जरमा जान तयार भएको देखिन्छ। 

कम्पनीले प्रकाशन गरेको सूचनाः
 

62945bd142be2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको