Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, १५ : ४२ मा प्रकाशित

नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीको ६.६५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ८४ रूपैयाँ ४८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ सय ३० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे फागुन ६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे अठ्ठाईसाैँ वार्षिक साधारण सभा फागुन ३० गते, साेमबार कम्पनीकाे केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडाैँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ ।

सभामा कम्पनीकाे पौष २१ गते, बुधबार बसेको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको