Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, २६ बैशाख २०७९, १३ : ०० मा प्रकाशित

मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

मेगा बैंक लिमिटेडले १ लाख २५ हजार ६ सय ८० कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । उक्त सेयरकाे मूल्य भने ताेकिएकाे छैन । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, राइजिङ मल, कमलादीमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको