Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली मुद्रा इतिहासकै कमजोर, हालसम्मकै उच्च विन्दुमा पुग्यो डलर

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, १२ : ०७ मा प्रकाशित

नेपाली मुद्रा इतिहासकै कमजोर, हालसम्मकै उच्च विन्दुमा पुग्यो डलर

नेपाली मुद्रा इतिहासकै कमजोर बनेकाे छ । रुस र युक्रेन युद्धको असर समेतले गर्दा पछिल्लाे समय लगातार जसाे अमेरिकी डलरको मूल्य बढीरहेकाे छ । अमेरिकी डलरकाे मूल्य वृद्धि हुँदा त्यसकाे असर नेपाली रूपैयाँमा देखिएकाे हाे ।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रुपैयाँ २५ पैसा तोकेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

विश्वव्यापी रूपमा माग बढ्नु र अमेरिकी अर्थतन्त्र बलियो हुनु डलर वृद्धिकाे मुख्य कारण हाे । अमेरिकी डलरको मूल्य उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरु बताउँछन् । किनकी नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा नेपालले विदेशबाट आयात गर्ने वस्तुको बढी मूल्य तिर्नुपर्ने हुन्छ । 

627a068322a4c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको