Like us!
Follow us!
Connect us!
Watch us!

अब निजी र सरकारी विद्यालय पनि सातामा दुई दिन बिदा

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १६ : ०४ मा प्रकाशित

अब निजी र सरकारी विद्यालय पनि सातामा दुई दिन बिदा

अब जेठ १ गतेबाट निजी र सरकारी विद्यालय पनि सातामा दुई दिन बिदा हुने भएकाे छ । 

 आज बुधबार बसेको शिक्षा मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार पनि विद्यालय बिदा दिने औपचारिक निर्णय गरेको हो । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको मन्त्रालयले जनाएकाे छ ।

यसका साथै, अब हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था रहेकाे थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको