Like us!
Follow us!
Connect us!
Watch us!

प्राईम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सका सेयरमा इन्साइडर ट्रेडिङ : नियामक निकाय बेखबर

अर्थ संसार

शनिबार, ३१ बैशाख २०७९, ०८ : ३४ मा प्रकाशित

प्राईम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सका सेयरमा इन्साइडर ट्रेडिङ : नियामक निकाय बेखबर

बिहिबार साझ राजधानीको एक होटेलमा नेपालको जीवन बिमाको इतिहासमा पहिलो तीन वटा जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जाने सम्झौता गरे।  ती कम्पनी थिए प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ।  

स्वाप रेसियो डिडिए मुल्यांकन पछि गर्ने भनेता पनि भित्रि रुपमा यी कम्पनीले १:१ मै स्वाप गर्ने आपसी समझदारी गर्ने बुझिएको छ।  हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ ,गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ।  यदि १ : १ : १ अनुपातमा सेयर स्वाप रेसियो तय गरे मर्जर पछि  ७ अर्ब १ करोड ३८ लाख ६६ हजार  चुक्ता पूँजीको कम्पनी बन्ने छ । यी नेपाल लाइफपछि दोस्रो ठुलो चुक्ता पूँजी भएको कम्पनी हुनेछ। 

मर्जर पछि ठुलो र सक्षम जीवन बिमा कम्पनी भन्ने लक्ष्य सहित सम्झौता गरेका यी कम्पनीको सम्झौता अगाडी नै सेयर बजारमा सूचना चुहिएको प्रष्ट देखिन्छ। 

बिहिबारको कारोबार हेर्ने हो भने सबै भन्दा धेरै गुमाउने शीर्ष ४ कम्पनी मध्य ३ कम्पनी  प्राईम लाइफ इन्स्योरेन्स,  युनियन लाइफ इन्स्योरेन्स​ र गुराँस लाइफ इन्स्योरेन्स ​लाइफ रहेका थिए।  प्राईम लाइफ इन्स्योरेन्स​को मूल्य ७.६३ प्रतिशतले घट्दा अन्तिम कारोबार ५६९ रुपयाँमा भयो भने युनियन लाइफ इन्स्योरेन्स​को मूल्य ६.९६ प्रतिशतले घट्दा अन्तिम कारोबार मूल्य ५२१ रुपैयाँमा भयो।  तेस्तै गुराँस लाइफ इन्स्योरेन्सको मूल्य ५.८३ प्रतिशतले घट्दा अन्तिम कारोबार ४८५ रुपैयाँमा भएको थियो। 

यसरी सेयर मूल्य घट्नुको कारण नै यी कम्पनीको मर्जर बिहिबार नै हुने प्रष्ट सूचनामा कारोबार भएको देखिन्छ।  मर्जर पछि धेरै समय कारोबार रोक्का हुने र नगद फ्रीज हुने भएपछि सूचनाका पहुच भएकाको बिहिबार एकदमै बिक्री दबाव आएकोले मूल्य यसरी घटेको सजिलै बुझ्न सकिन्छ। 

कारोबार भोल्युम हेर्ने हो भने पनि बिहिबारको कारोबारबाट इन्साइडर ट्रेडिङ भएको बुझ्न दुभिदा रहदैन। अरु दिन सामान्य कारोबार हुने कम्पनीका सेयर बिहिबार ठूलो मात्रामा कारोबार भएको देखिन्छ।  प्राईम लाइफ इन्स्योरेन्सको १ लाख ६४ हजार ६०२ कित्ता , गुराँस लाइफको १ लाख २७ हजार ६५ कित्ता र युनियन लाइफको ६९ हजार ५०४ कित्ता भएको देखिन्छ। 

सूचीकृत कम्पनीको सूचना भित्री महत्वपूर्ण सूचना कसरी बाहिर गयो भनेर आधिकारीक निकायले अहिलेसम्म पनि खोजी गरेको छैन । यी कारण पनि इन्साइडर ट्रेडिङ मौलाएको छ। जब सामान्य लगानीकर्तासम्म यो जानकारी पुग्छ, त्यतिबेलासम्म बाठा लगानीकर्ताले आफ्ना सेयर किन्ने बेच्ने काम गरिसकेका हुन्छन।  जसको हातमा सेयर छ अब उनले लामो समय कारोबार गर्न पाउने छैनन्। 

इन्साइडर ट्रेडिङको सम्वन्धमा सितिमिति प्रमाण जुट्दैन। यस्तो प्रमाण जुटाउन नसक्दा नियामकलाई समेत कारबाहीको दायरामा ल्याउन असहजता हुने गरेको छ।

केहो इन्साइडर ट्रेडिङ ?

धितोपत्र सम्बन्धी ऐन नियमको व्यवस्था बमोजिम लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोवार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ ।

यस प्रकारको कारोवार गर्न धितोपत्र सम्बन्धी ऐन नियमले बन्देज गरेको छ । इन्साइडर ट्रेडिङमा कम्पनीका अध्यक्षसहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, प्रमुख लेखा अधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरु, लेखा परीक्षक लगायतको संलग्नता हुने सम्भावना उच्च हुन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको