Like us!
Follow us!
Connect us!
Watch us!

‘केही समय बजार साइडलाइनमै स्टेबल रहन्छ, यो नयाँले ऋण लिएर ट्रेडिङ गर्ने बेला होईन’

अर्थ संसार टक

मंगलबार, २८ भदौ २०७९, ०९ : ५५ मा प्रकाशित

सेयर बजार बिश्लेषक डा. केशब श्रेष्ठले नेपालको पूँजी बजार केहि समय साइडलाइनमै स्टेबल रहने बताएका छन् । अर्थसंसारको नियमित कार्यक्रम अर्थसंसार टकसंगको कुराकानीमा श्रेष्ठले यस्तो बताएका हुन् । 

‘बजार धेरै घटिसकेको छ अब धेरै घट्ने ठाँउ पनि छैन सम्भवत १८०७ नै बटम जस्तो देखिन्छ तर अहिले पनि लगानीकर्ताहरुमा खासै बजारप्रति कन्फिडेन्स बढेको देखिँदैन’ उनले भने ‘अब केहि समय बजार साइडलाईन मै स्टेबल हुने देखिन्छ तर केहि समय लाग्ला तर बजार त बढ्ने नै हो ।’

सानिमा माई हाइड्रोले आफ्नो क्षमता भन्दा पनि कम लाभांश दिएको उनको तर्क छ । ‘क्षमताका हिसाबले भन्ने हो भने त्यो कम्पनीको लाभांश क्षमता १० देखि १२ प्रतिशत थियो, अझ उसले रिजर्भबाट समेत केहि थपेर दिन सक्ने अबस्था थियो तर उसले जम्मा ५ प्रतिशत मात्र लाभांश दियो अबको बजारको अवस्था कम्पनीले दिने लाभांशमा नै निर्भर हुने देखिन्छ अन्य कम्पनीहरुले पनि यसरी नै लाभांश घोषणा गरे भने यसले बजारलाई थप घटाउन सक्छ’ श्रेष्ठले भने । 

अहिले नयाँ लगानीकर्ताहरुले ट्रेडिङका लागि समय उपयुक्त नभएको उनको तर्क छ तर कम्तिमा पनि १ बर्षसम्मको योजना बनाएकाहरुका लागि भने यो सहि समय भएको उनको तर्क छ । अहिले आधारभुत रुपमा बलिया कम्पनीहरुमा लगानी गरे पछुताउन नपर्ने उनको सुझाव छ ।

डा. केशब श्रेष्ठसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको