Like us!
Follow us!
Connect us!
Watch us!

इन्साइडर ट्रेडिङको अनुसन्धान प्रहरीलाई गर्न दिनु भनेको पूँजी बजारलाई सिध्याउनु हो : बस्याल

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १० : ०६ मा प्रकाशित

इन्साइडर ट्रेडिङको अनुसन्धान प्रहरीलाई गर्न दिनु भनेको पूँजी बजारलाई सिध्याउनु हो : बस्याल

प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले इन्साइडर ट्रेडिङको अनुसन्धान प्रहरीलाई गर्न दिने कुरा धितोपत्र बजारलाई पूर्ण रूपमा सिध्याउने खेल भएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो धारणा व्यक्त गरेका हुन् । 

उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘इन्साइडर ट्रेडिङको अनुसन्धान प्रहरीलाई गर्न दिने र इन्साइडर ट्रेडिङमाथि फौजदारी कसुरमा कारवाही गरिने ब्यबस्थाू धितोपत्र बजारलाई पूर्ण रूपमा सिध्याउने खेल ।’

‘अव कसैलाई पनि कसै सँग रिस उठेर फलानो ले सेयर किनेर बजरमा चलखेल गरेर पैसा कमायो भनेकै आधारमा, फलानो भित्री सूचना पाएर नै फलानो सेयर बढ्यो भनेर भनेको आधारमा प्रहरीले अनुसन्धान को लागि थुनामा राख्न पाउने भयो । कसैको उजुरीको आधारमा कसैलाई पनि फसाउन सकिने भएपछि किन सेयर किन्ने ?’ उनले भने । 

सरकारले दाेश्राे बजारमा हुने भित्री कारोबार र गैर कानूनी कामको अनुसन्धान गर्ने अधिकार नेपाल प्रहरीलाई दिने तयारी गरेसँगै प्रहरीलाई इन्साइडर ट्रेडिङको अनुसन्धान गर्ने बाटाे खुलेकाे हाे ।

अहिले नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले वित्तीय अपराध अनुसन्धानको काम गर्दै आईरहेको छ । अब भने अनुसन्धानको काम प्रहरीले गर्ने प्रस्ताव अघि सारिएकाे हाे । हिजाे बसेकाे प्रतिनिधिसभाले “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” लाई पारित गरेको छ । उक्त विधेयकमा धितोपत्र सम्बन्धी ऐन, २०६३ मा पनि संशोधन गर्ने प्रस्ताव उल्लेख रहेकाे छ । 

उक्त प्रस्तावित विधेयक पास भएमा प्रहरीले भित्री कारोबार, कारोबारमा संलग्न हुने व्यक्ति, झुटाे कारोबार, मूल्यमा उतारचढाव गराउने घटनाका विषयमा अनुसन्धान गर्नेछ । त्यसैगरी, धितोपत्र बजारलाई प्रभावित पार्ने घटना, झुक्याउने विवरण दिएमा, जालसाजीयुक्त कारोबार गरेमा, जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा, लिखत, विवरण वा अभिलेख नष्ट गरेमा अथवा लुकाएमा पनि प्रहरीले धितोपत्र सम्बन्धी ऐन अनुसार अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको