Like us!
Follow us!
Connect us!
Watch us!

संघर्षशील रेणुलाई ‘प्रचण्ड पुत्री‘ मात्र भनेर हुर्मत लिन तंछाडमछाड नगर्ने कि ?

राधा पोखरेल

आइतबार, ०१ जेठ २०७९, १२ : ०० मा प्रकाशित

संघर्षशील रेणुलाई ‘प्रचण्ड पुत्री‘ मात्र भनेर हुर्मत लिन तंछाडमछाड नगर्ने कि ?

म निष्पक्ष कलम चलाउने हुँदा कुनै पार्टी प्रति झुकेर कलम चलाएकी हैन् । जहाँसम्म रेणु दाहालको कुरा छ म धेरै राजनीति त बुझ्दिनँ तर ब्यक्तिगत रूपमा तपाईँहरुले अख़्तियार गरेको बिचारसँग सहमत छैन ।

म एक नारी र विशेषतः नारी र बालबालिकाको पक्षमा कलम चलाउने एक स्वतन्त्र लेखिकाको हैसियतले कुनै पार्टीको खोल ओडेर लेख्ने गर्दिन । मेरो स्वतन्त्र बिचार छ । म राम्रोलाई प्रोत्साहन र नराम्रोलाई घृणा गर्छु ।

कुनै वाद र विचारबाट ग्रसीत भएर सोच्ने हो भने त फरक हो, तर एक स्वतन्त्र विचारधारा लिने हो भने रेणु दाहालको उम्मेदवारी देखी नै यति विघ्न आक्रोस किन ?

हो समाजमा रेणुभन्दा हजारगुणा बढी संघर्षशील जिवन वाचिरहेका नारीहरु गुमनाम पनि छन् । एक नारीले राजनीतिक माहोलमा भोग्नुपरेका दुखद र दर्दनाक अबस्था र टिकटका लागि शरीरसम्म सुम्पिनुपर्ने लज्जास्पद खबरहरू पनि बजारमा आउन थालेको छ । महिलाका लागि अधिकार सुनिश्चित नभएसम्म कसैको निगाहमा बाँच्नुपर्ने वाध्यता रहिरहन्छ । यसको लागि आवश्यक परे नीति निर्माण तहमा रहेका महिला नेतृत्वले पार्टीको घेराभन्दा माथि उठेर संघर्षको अगुवाई गर्ने र सबै महिलाले निशर्त सहयोग गर्ने आँट गर्न जरूरी छ ।

रेणु दाहाल हिजोको जनयुद्धको एक योद्धा हुन, उनि प्रचण्ड पुत्री हुदैमा यति आक्रोश देखाउनु पर्ने कुनै कारण नै छैन ! यदि अरु नेताको छोराछोरी झै रेणुले अस्ट्रेलिया,अमेरिका कुनै युनिभर्सिटीमा पढेर आएर राजनीतिमा ल्याइएको भएँ आक्रोशको कुनै अर्थ हुन्थ्यो होला ! राजनीतिक र व्यक्तिगत इगोलाई लिएर एक नारीले आफ्नो पिताको आचरण र सबै दोष शिरमा थुपारेर कहिले सम्म हिड्ने ?

के नारीहरुले सदैव कसैकी छोरी, कसैकी बुहारी, कसैको श्रीमती भएर मात्र चिनिनु पर्ने ? के कुनै नारीको आफ्नै मौलिक परिचय हुन सक्दैन ? भन्नेबेलामा आधा आकास आधा धर्ती, रथका दुई पांग्रामध्ये एक पांग्रा, नारा लाउने बेला महिला पुरूष बराबरी अनि ब्यबहारमा यत्रो अन्याय ? संघर्षशील रेणुलाई ‘ प्रचण्ड पुत्री ‘ मात्र भनेर हुर्मत लिन तंछाडमछाड नगर्ने कि ?

आफ्नै बाबु २ पटक प्रधानमन्त्री भइसके तर उनी प्रचण्डको कुनै टिममा बसेर काम गरिनन् । अरु प्रधानमन्त्रीका छोराछोरी भाईभतिजा भान्जा भान्जी जस्तै तर उनले त्यसो गरिनन् । यति हुदाँ हुदैँ पनि उनलाई खेदनुको कारण चाँही के हो ? के उनीसंग प्रचण्डको छोरी हुनु बाहेकको अरु कुनै परिचय छैन ?

अन्तमा ,

म केही दिन पहिला भरतपुर पुगेकी थिएँ । त्यहाँ बनाईँदै गरेको चौडा सडक तथा अन्य पूर्वाधारले एक पटक रेणुलाई सम्झिन बाध्य भएँ । रेणु दाहाल प्रचण्डपुत्री मात्र नभई एउटा संघर्षशिल युवा नारी हुन जस्ले चितवनका मतदातालाई फुस्रो आश्वासन बाडेको आधारमा मात्र हैन बिगतका कामको मुल्याड्नका आधारमा उमेदवारी दिएकी हुन् । फराकिलो सोंच बोकेकी, सही भिजन अनि देश र जनताप्रति समर्पित सहासी नेता म त आजकल त्यस्तै नेताहरूको खोजीमा छु ।र, हामिले राजनीतिक नेतृत्वमा विगतमा रन्जु दर्शनालाई जस्तै रेणुजस्ता युवालाई साथ र सहयोग किन नगर्ने ?

म एक नारीको हैसियतले गर्वका साथ नेपाली इतिहासकै चितवन महानगरपालिकामा पुन: महिला मेयरमा रेणु दाहाललाई अग्रिम शुभकामना व्यक्त गर्दछु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको