Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो इनिङ्ग्सको रेनुको पहिलो निर्णयः बालिकाको जीवन बीमा, सात हजार लिटर खानेपानी निशूल्क

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १० : २४ मा प्रकाशित

दोस्रो इनिङ्ग्सको रेनुको पहिलो निर्णयः बालिकाको जीवन बीमा, सात हजार लिटर खानेपानी निशूल्क

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक र्निवाचित भएकी रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका बालिकाहरूको जीवन बीमा गरिदिने निर्णय गरेकी छन् ।

उनले सरकारी अस्पताल वा संस्थामा जन्मिएका बालिकाहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् । त्यस्तै उनले महानगरपालिका भित्रका स्थानीयको लागि सात हजार लिटरसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् । खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको