Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा थपियो १३ कम्पनीको सेयर, कुनको कति कित्ता ?

नेप्से

शुक्रबार, ०६ जेठ २०७९, १२ : ३८ मा प्रकाशित

सेयर बजारमा थपियो १३ कम्पनीको सेयर, कुनको कति कित्ता ?

 नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वैशाख महिनामा १३ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

वैशाख महिनामा नेप्सेमा सूचिकृत भएका सेयर विवरण यस प्रकारकाे छ :

१. सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड

सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ७९ लाख १९ हजार ८ सय ४८ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

२. मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड

फाइनान्सको १३ प्रतिशत बोनस बापतको ५ लाख २० हजार कित्ता सेयर सूचिकृत भएको हो ।

फाइनान्सकाे गत पाैष ३० गते सम्पन्न भएकाे चाैबीसाैँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

३. एभरेष्ट बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । 

बैंककाे ८ लाख ५६ हजार ७ सय ८३ कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेबाट माघ १७ गतेसम्म ८  वर्ष अवधिको ८.५ प्रतिशत व्याजदर भएको ‘एभरेष्ट बैंक डिबेञ्चर २०८६’ नाममा प्रतिकित्ता २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता बिक्री गरेकाे थियाे । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

४. महुली लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २ सय ५४ दशमलव ४० कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाको गत पौष २४ गते सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

५. समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

६. हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड

कम्पनीकाे ६.६५ प्रतिशत बाेनस बापतकाे ७ लाख ३१ हजार ७ सय २४ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

७. लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड

कम्पनीको २० प्रतिशत बोनस बापतको ४४ लाख २२ हजार कित्ता सेयर सूचिकृत भएको हो । 

कम्पनीकाे फागुन ११ गते, बुधबार सम्पन्न भएकाे वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

८. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड

कम्पनीकाे ३० प्रतिशत हकप्रद बापतकाे ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेबाट फागुन २ गते, साेमबारसम्म  १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे ।

९. कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३ लाख ५९ हजार ९ सय ४५ दशमलव १६३५ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाको मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियाे ।

१०. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्था​काे १७ प्रतिशत बोनस बापतको २ लाख ५ हजार ९ सय ५५ कित्ता सेयर सूचिकृत भएको हो । 

संस्थाकाे पाैष १९ गते, साेमबार सम्पन्न भएकाे चाैँथाे वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

११. छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे २७ प्रतिशत बोनस बापतको ४९ लाख ४१ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

१२. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड

फाइनान्सकाे ७.७० प्रतिशत बाेनस बापतकाे ६ लाख ८५ हजार ४ सय १ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।  

१३. ग्रीन भेन्चर्स कम्पनी लिमिटेड

कम्पनीकाे ३ कराेड १२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । कम्पनीले काराेबारका लागि GVL सिम्बाेल पाएकाे छ ।

कम्पनीले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले समान १० कित्ता सेयर प्राप्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको