Like us!
Follow us!
Connect us!
Watch us!

आयात अचाक्ली वृद्धि हुँदा अर्थतन्त्रमा चाप

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, १६ : ५३ मा प्रकाशित

आयात अचाक्ली वृद्धि हुँदा अर्थतन्त्रमा चाप

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले चालू आर्थिक वर्षमा निर्यातमा वृद्धि भएको देखिए पनि आयात अचाक्ली वृद्धि हुँदा त्यसले अर्थतन्त्रलाई चापमा पारेको बताएका छन् ।

उनले केही नीतिगत एवं संरचनागत क्षेत्रमा सुधार गर्ने बित्तिकै रोजगारीको वृद्धि गर्ने र कृषि क्षेत्रमा नयाँपन दिन सकिने स्पष्ट पारेका छन् ।

वैदेशिक ऋणको भुक्तानी र दायित्वमा वृद्धि भएकाले वैदेशिक मुद्राको सञ्चितिमा प्रभाव पर्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । ऊर्जा सुरक्षालाई विशेष प्राथमिकताका राखेर लगानी वृद्धि गर्न र जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राख्न पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पुनले आग्रह गरे ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नै ठूलो मात्रामा पैसा विदेश लैजाँदासमेत यसले विदेशी मुद्राको सञ्चितिमा प्रभाव पारेको सांसद पुनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको