एलन मस्कले ट्विटरलाई $४४ बिलियनमा खरिदको सम्झौता गरेसँगै विश्व धनाढ्य मस्कलाई आर्थिक संकटले अनुभूति गरेका छन्। उनको सम्झौता अप्रिल १४ मा प्रकाशित भएसँगै उनको नेटवर्थ २५१ बिलियन अमेरिकी डलरबाट घटेर २१० बिलियन अमेरिकी डलरमा आएको छ। यो उनको नेटवर्थमा १६.३% को गिरावट हो।
यो गिरावट आउनुमा उनले ट्विटरको खरिद सम्झौताको कारण हो। उनले सम्झौता गरेसँगै उनको विश्व चर्चित कम्पनी टेसलाको सेयरमा २९% को गिरावट आएको छ।
हाललाई उनको ट्विटर खरिद सम्झौता हाललाई रोक्का गरिएको छ । हालका ट्विटर प्रयोगकर्ता ५% भन्दा कम संख्यामा बट (Bots) हुनुपर्ने उनको दाबी छ र उनले एक कार्यक्रममा पुनः मूल्यांकन हुन सक्ने बताएका थिए।
एलन मस्क ट्विटर खरिद सम्झौता बाट बाहिर निस्किन खोजेमा उनले ट्विटरलाई सम्झौता रद्द गरेबापत १ बिलियन अमेरिकी डलर तिर्नुपर्नेछ र ट्विटरले चाहेको खण्डमा यो मूल्य थप हुन सक्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस