Like us!
Follow us!
Connect us!
Watch us!

मिड सोलु हाईड्रोले डाक्याे विशेष साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, १५ : ४० मा प्रकाशित

मिड सोलु हाईड्रोले डाक्याे विशेष साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे जेठ ४ गते बसेकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभा जेठ २३ गते, साेमबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको हाल कायम पूँजी संरचना (अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी) संधोधन गर्ने र सो को लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको पूँजी वृद्धि तथा प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने क्रममा नियमनकारी निकाय/कार्यालयले कुनै फेरबदल/संशोधन/परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, पूँजी वृद्धिपछि सोही बमोजिम प्राथमिक सेयर (IPO) निष्कासन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पारित गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :  

628a09bc89187.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको