Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, घट्दै लगानीकर्ताकाे मनाेबल

नेप्से

सोमबार, ०९ जेठ २०७९, १५ : ०७ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, घट्दै लगानीकर्ताकाे मनाेबल

आज (साेमबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । साेमबार बजार दाेहाेराे अंकले घट्दा काराेबार भएका सबै समूह ओरालो लागेका छन् । बजार निरन्तर घटिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि झन्-झन् घट्दै गइरहेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेकाे छ । नेप्से १.५३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.६९ अंकले घटेर ४२९.०५ विन्दुमा झरेकाे छ । 

कूल २२४ वटा कम्पनीकाे ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३६ करोड ९५ लाख १३ हजार एक सय ९२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै लाइफ इन्स्याेरेन्स समूह घटेकाे छ ।

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ४ कराेड १५ लाख ९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । संस्थाकाे सेयरमूल्य ६.२० प्रतिशतले घटेर एक हजार एक सय ३७ रूपैयाँ ५० पैसा पुगेकाे छ । 

यस दिन मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.८९ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ३ सय ४० रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको