Like us!
Follow us!
Connect us!
Watch us!

विन नेपाल लघुवित्तले डाक्यो साधारणसभा, एफपिओ निष्काशनको विशेष प्रस्ताव

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, ११ : ०७ मा प्रकाशित

विन नेपाल लघुवित्तले डाक्यो साधारणसभा, एफपिओ निष्काशनको विशेष प्रस्ताव

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्काशनको बिशेष प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा जेठ ३१ गते, इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले कम्पनीको चैत्र १३ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छ । 

यसका साथै, सभामा वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू स्विकृत गर्ने, लेखापरिक्षकको नियुक्ती गरी निजको पारिश्रमिक तोक्ने, मनोनित सञ्चालकहरूको अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश हुनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको