अर्थ संसार, काठमाडौँ– गैर आवासिय नेपालीले प्रवद्र्धन गरेको सानिमा माई हाइड्रो पावरले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निस्काशन गर्ने भएको छ ।
कम्पनीले हकप्रद सेयर निस्काशनको मिति समेत तोकेको छ । कम्पनीले यहि साउन २७ गतेदेखि एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ । हाइड्रोले हकप्रद सेयरका लागि भोलि मंगलबारसम्म सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ ।
शतप्रतिशत हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले आजसम्म सेयर खरिद गर्नु पर्ने जनाइएको छ ।
हाइड्रोको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई जिम्मा दिएको छ ।
आजसम्म कायम सेयरधनीले कमलपोखरीस्थित सनराइज क्यापिटलको कार्यालय तथा सानिमा बैंकका केही शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्ने छन् ।
काठमाडौँ उपत्यकाभित्र सानिमा बैंकका शाखा कार्यालय चुच्चेपाटी, कलंकी, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड, र सूर्यविनायकबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।
यसै गरी उपत्यका बाहिरका सानमा बैंकका शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, बिर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायाणगढ चितवन, नेपालगंज र पोखराबाट आवेदन दिन सकिने बताइएको छ । सो कम्पनीको हकप्रद निष्काशन आगामी भदौ २९ गते बन्द हुने जनाइएको छ ।
हाल रु एक अर्ब पाँच करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशन पश्चात रु दुई अर्ब अर्ब ११ करोड पुग्नेछ । पूँजीमा आउने भारी बढोत्तरीले हाइड्रोका अन्य सुचकमा पनि धेरै हेरफेर गराउने विश्वास लिइएको छ ।
कम्पनीले ५४ मेगावाटको मध्यतमोर र २८ मेगावाटको तल्लोलिखु आयोजनामा लगानीका लागि हकप्रद निष्कासन गर्न लागेको हो ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस