Like us!
Follow us!
Connect us!
Watch us!

फराकिलाे मतान्तरका साथ काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १० : ५४ मा प्रकाशित

फराकिलाे मतान्तरका साथ काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी

फराकिलाे मतान्तरका साथ काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी भएकी छिन् । महानगरपालिकाको मतगणना नसकिँदै उनी उपमेयरमा विजयी भएकी हुन् । 

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३  मतगणना सम्पन्न भएकाे छ । अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ ।  उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत मात्र पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको