Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफको सिईओमा सन्तोष प्रसाइ नियुक्त

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, ०५ : ५१ मा प्रकाशित

प्रभु लाइफको सिईओमा सन्तोष प्रसाइ नियुक्त

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष प्रसाइ नियुक्त भएका छन् । बीमा समितिको स्विकृती पछि बुधबारबाटै लागुहुने गरी प्रसाइलाई नियुक्त गरिएको हो  । 

कम्पनीले गत फागुनमा उनलाई सल्लाहकारको रुपमा भित्र्याएको थियो । प्रसाईलाई सल्लाहकारमा भित्र्याए सँगै निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजिनामा दिएका थिए । पौडेलले राजिनामा दिए सँगै कम्पनीले प्रसाईलाई नै नियुक्ति गरेको हो ।

चार्टर्ड एकाउन्टेन्ट प्रसाईले यस अगाडी नेपाल लाइफमा ४ वर्ष तीन महिना काम गरेका थिए । उनले यस अवधिमा ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यले प्रसाईलाई सपथ ग्रहण गराएका थिए । प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको