Like us!
Follow us!
Connect us!
Watch us!

'कुमारी धनवृद्धि योजनामा ढुक्क भएर लगानी गर्नुहोस्, लाेभलाग्दाे प्रतिफल हामी दिन्छौं''

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, १३ : ४३ मा प्रकाशित

कुमारी क्यापिटल लिमिटेडले आज बिहीबारदेखि निष्कासन गरेकाे कुमारी धनवृद्धि योजनामा ढुक्क भएर लगानी गर्न कुमारी क्यापिटलका प्रमुख सञ्चालन अधिकृत पुष्प शर्माले सबैलाई आग्रह गरेका छन् ।

अर्थ संसारको कार्यक्रम अर्थ संसार विशेषमा कुराकानी गर्दै उनले अहिले बजारमा सेयर खरिदको गोल्डेन अवसर रहेको बताए । आफूहरूको यो स्किमले पनि  छानी छानी राम्रा कम्पनीहरूको सेयर किन्ने र ईकाईधनीहरुलाई राम्रो प्रतिफल वितरण गर्ने योजना बनाइएको उनी बताउँछन् । 

पहिलो २ वर्ष १०-१० प्रतिशतका दरले त्यसपछिको ४ वर्ष १२ प्रतिशतका दरले, त्यसपछिका २ वर्ष १५-१५ प्रतिशत र अन्तिम वर्ष १० प्रतिशतले लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको उनले जानकारी दिए । अन्तिममा २२ रूपैयाँ न्याभ फिर्ता जानेगरी याेजना बनाइएकाे उनले बताएका छन् ।

लगानीकर्ताले यस याेजनामा किन लगानी गर्ने भन्ने सन्दर्भमा बाेल्दै उनले भने, "गत वर्ष नै हामीले साढे ३ महिना मात्रै अपरेट गर्दाखेरी इकाईधनीहरूलाई  ५ प्रतिशत लाभांश खुवाउन सकेका थियाैँ । आज दिनमा क्यापिटल प्रीजर्भेसनकाे हिसाबले हेर्दाखेरी पनि हामी एकदमै सेफ साइडमा छाैँ । हाम्राे वैशाख महिनाकाे न्याभ हेर्ने हाे भने पनि १०.६७ छ । क्यापिटल प्रीजर्भेस र डिभिडेन्ड क्यापासिटी दुवैकाे हिसाबमा न्याभ हेर्दा १३-१४ प्रतिशत लाभांश खुवाउन सक्ने क्षमतामा छाैँ ।"

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये कुल इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे छ ।

यस फण्डमा लगानीकर्ताले न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा जेठ १७ सम्म र उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको