Like us!
Follow us!
Connect us!
Watch us!

इन्भेष्टमेन्ट बैंकसँग मर्जरकाे हल्लाले मेगा बैंककाे सेयरमूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, १६ : १२ मा प्रकाशित

इन्भेष्टमेन्ट बैंकसँग मर्जरकाे हल्लाले मेगा बैंककाे सेयरमूल्यमा सकारात्मक सर्किट

बिहीबारको सेयर बजारमा मेगा बैंकप्रति लगानीकर्ताहरूको आकर्षण बढेको देखियो । आज सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिरको अग्रस्थानमा मेगा बैंक छ । मेगा बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बिहीबार मेगा बैंकको बैंकको ५ करोड ४२ लाख १४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ४७ रूपैयाँ ५० पैसा कायम भएकाे छ ।

मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडसँग मर्जरमा जाने हल्ला चलेपछि बैंकप्रति आम लगानीकर्ताको आकर्षण बढेको हो । यसअघि नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंककाे मर्जर प्रक्रिया टुटेको थियाे । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम गत वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे थियाे ।

हिमालयन बैंक लिमिटेडकाे पौष ३० गते, शुक्रबार बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा भएकाे उनन्तीसाैँ वार्षिक साधारण सभाले मर्जरकाे विशेष प्रस्ताव अस्विकृत गरेकाे थियाे । सभामा शेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरकाे प्रस्ताव अस्विकृत गरिएकाे थियाे । 

नेपाल राष्ट्र बैंकले संस्थापकसहित बैंकका आधारभुत सेयरको मात्रै सेयर कारोबार रोक्का राख्न सहुलियत बनाइदिएकाे छ । याे सँगै अब दाेश्राे बजारमा दुवै बैंककाे काराेबार खुल्ने भएकाे छ ।

हिमालयनसँग मर्जर टुटेपछि इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज हुने हल्ला चलेकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको