Like us!
Follow us!
Connect us!
Watch us!

जनता प्रशारण तथा प्रकाशनले डाक्यो साधारणसभा, आईपिओ जारी गर्ने पहिलो सञ्चार माध्याम बन्दै

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, ०७ : २९ मा प्रकाशित

जनता प्रशारण तथा प्रकाशनले डाक्यो साधारणसभा, आईपिओ जारी गर्ने पहिलो सञ्चार माध्याम बन्दै

जनता प्रशारण तथा प्रकाशन लिमिटेडले प्राथमिक साधारण सेयर (आईपिओ) जारी गर्ने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको यो प्रस्ताव पारित भएर आईपिओ निष्काशनको प्रक्रिया अघि बढे यो कम्पनी नै नेपालको आईपिओ जारी गर्ने पहिलो सञ्चार माध्यम बन्ने छ । यो कम्पनीले हाल जनता टेलिभिजन लगाएत विभिन्न सञ्चार माध्याम सञ्चालन गरिरहेको छ ।  

सभा जेठ २८ गते शनिबार बिहान ७ बजे कार्की ब्यांक्वेट बबरमहल काठमांडौमा सुरु हुने कम्पनीले जनाएको छ । 

सभामा संस्थाले चालू आर्थिक वर्ष २०७८र०७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ । साथै, कम्पनीले १ः१ को अनुपातमा हकप्र्रद निष्काशनको प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः

62902f34dbd23.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको