Like us!
Follow us!
Connect us!
Watch us!

Ruslan FM 95.2 पुनः सञ्चालनमा

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १८ : ०० मा प्रकाशित

Ruslan FM 95.2 पुनः सञ्चालनमा

केही समयदेखि कोभिडको कारणले सञ्चालन रोकिएको च्गकबिल Ruslan FM 95.2 पुनः सञ्चालनमा आएको छ । “Only Music” गीतलाई मात्र प्राथमिकता दिने Ruslan FM 95.2 फेरी श्रोतामाझ फर्किएको छ । सर्वाधिक रुचाईएको नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पुर्याई रहेको Ruslan FM 95.2 ले नेपाली सङ्गीतकर्मीहरूलाई  विशेष ठाउँ प्रदान गरी आइरहेको छ । नेपाली गितका साथसाथै Ruslan FM 95.2 मा लोकप्रिय हिन्दी तथा अंग्रेजी गितहरु पनि सुन्न सकिनेछ । 

“पहिला भन्दा भव्य तरिकाले संचालन हुने र हाम्रा श्रोताहरूको मनमा फेरी बस्ने सोच सहित कोभिड पश्चात् नयाँ र बेग्लै सोचले हामी अघि बढिरहेका छौं”, Ruslan FM 95.2 प्रमुख मार्केटिङ अधिकृत, बैभव शर्माले भन्नुभयो ।   

बिहान ६ बजे बाट राति १२ बजे सम्म सञ्चालन हुने Ruslan FM 95.2 मा बिहान ६ देखि ८ बजेसम्म “Work Out Beats”, बिहान ८ देखि ११ बजेसम्म “Rush Hour Beats”, बिहान ११ देखि दिउँसो ४ बजे सम्म “Chill Beats”, दिउँसो ४ देखि बेलुकी ७ बजे सम्म “In-Trend” र बेलुकी ७ देखि राती १२ बजे सम्म “Vibrant Beats” गरी ५ फरक विधाका कार्यक्रमहरुमा विभिन्न सङ्गीत सुन्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको