Like us!
Follow us!
Connect us!
Watch us!

अब वृद्ध भत्ता घर–घरमै

अर्थ संसार

शनिबार, १४ जेठ २०७९, ०७ : ४३ मा प्रकाशित

अब वृद्ध भत्ता घर–घरमै

स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरुलाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घर घरमै पुगेर वितरण गर्ने निर्णय गरेको हो ।

नगरस्थित बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त बैठकले नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीको संयुक्त पहलमा घर–घरमै पुगेर वितरण गर्ने तयारी गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । “वृद्ध भत्ता बुझ्न गाउँगाउँबाट बजारमा रहेका बैंकमा आउँदा वृद्धवृद्धालाई झनै सास्ती भएको गुनासो आउने थालेपछि बैकका कर्मचारी र नगरपालिकाका कर्मचारीहरुनै घर–घरमा पुगेर वितरण गर्ने तयारी गरेका हौँ”, उनले भने । नेपाली काँग्रेसबाट विजयी भएका प्रमुख भट्टराईले आफ्नो चुनावी घोषणापत्रमा घर–घरमै वृद्धभत्ता दिने उल्लेख गरेका थिए । घोषणापत्रमा उल्लेख गरे बमोजिम नै बैंक तथा वित्तीय संस्थाहरुको समन्वय र सहकार्यमा कार्यान्वयनमा अगाडि बढेको उनले बताए । 

त्यस्तै पुतलीबजार नगरपालिकाले पनि वृद्धवृद्धालाई बैँकसम्म आएर वृद्ध भत्ता बुझ्नुपर्दा समस्या भएको भन्दै घरमै पुगेर वितरण गर्ने तयारी थालेको छ । ग्रामीण भेगदेखि बजारमा रहेको बैँकसम्म आउँदा जाँदा सवारीसाधनको समस्या र बैंकमा आएर लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि घरमै पुगेर वितरण गर्ने तयारी गरेको नगरप्रमुख तुल्सीराम रेग्मीले बताए । घरमै पुगेर वितरण गरेपछि समय र खर्चमा पनि वचत हुनाका साथै सहज हुने भएकाले घरबाटै वितरण गर्ने तयारी थालिएको उनले जानकारी दिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको