Like us!
Follow us!
Connect us!
Watch us!

टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न, आठ सदस्य नै एमालेका

अर्थ संसार

शनिबार, १४ जेठ २०७९, ०९ : २५ मा प्रकाशित

टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न, आठ सदस्य नै एमालेका

काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । 

टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको जानकारी दिइन् । उनका अनुसार पाँच महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार सुनिता श्रेष्ठ परियार नेपाली, सायरा परियार, जगतमाया प्रजापति महर्जन, लिलादेवी अधिकारी र शान्ता राई रहेका छन् । 

यस्तै, दलित तथा अल्पसङ्ख्यक सदस्यमा एमालेकै बच्चुराज बस्याल, सरिता घले र प्रेमकुमार सुनुवार निर्वाचित भएको निर्वाचन अधिकृत शर्माले बताइन् । नवनिर्वाचित कार्यपालिका सदस्यलाई शुक्रबारै प्रमाणपत्र वितरण गरिएको छ । अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका थिए । यस्तै, टोखाको अधिकांश वडामा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको