Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क सहभागी हुन सकिने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १२ : १७ मा प्रकाशित

सोमबार चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क सहभागी हुन सकिने

बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवनमा स्टार्टअप फेस्ट आयोजना हुने भएको हो । 

फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा विद्यार्थीका लागि आईडिया सहभागी हुन सक्नेछन् । 

फेस्टसँगसँगै एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ समेत आयोजना हुनेछन् । एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।

त्यस्तै आईडिया पिचिङ सेसनमा सहभाभी स्टार्टअपहरूको आफ्नो आईडिया प्रस्तुत गर्नेछन् । उक्त आईडियाहरुमध्येबाट उत्कृष्ट पाँच आईडियालाई इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग समन्वय गरिनेछ ।

स्टार्टअप फेस्टमा निःशुल्क सहभागी हुन सकिनेछ । यसअघि बागमती बाहेकका ६ वटा प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट उत्साहजनक सहभागीताका साथ सम्पन्न भइसकेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको