Like us!
Follow us!
Connect us!
Watch us!

कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ करोड लगानी

अर्थ संसार

मंगलबार, २२ पुस २०८२, १४ : १४ मा प्रकाशित

कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ करोड लगानी

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षसम्मका उद्यमीहरूको संलग्नता रहेको देखिएको छ। केन्द्रीय बैंकले कोशी प्रदेशमा सञ्चालन भएका स्टार्टअप उद्यमहरूको प्रवृत्तिबारे तयार पारेको विशेष अध्ययन प्रतिवेदनमा यस क्षेत्रमा कुल लगानी २ अर्ब ५६ करोड रुपैयाँ पुगेको उल्लेख छ। उक्त लगानीमध्ये ३८.७ प्रतिशत हिस्सा ऋणबाट र ६१.३ प्रतिशत हिस्सा स्वपुँजीबाट पूर्ति गरिएको छ।

अध्ययनका अनुसार उद्यमीहरूको उमेर संरचनामा २१ देखि ३५ वर्ष उमेर समूहका ३९.३ प्रतिशत, ३६ देखि ५० वर्ष उमेर समूहका ४४.४ प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६.२ प्रतिशत उद्यमी रहेका छन्। त्यसैगरी, २१ देखि ३५ वर्ष उमेर समूहका उद्यमीमध्ये सबैभन्दा बढी ७३.३ प्रतिशत सूचना प्रविधि क्षेत्रमा संलग्न रहेका छन् भने सबैभन्दा कम २१.२ प्रतिशत कृषि क्षेत्रमा सक्रिय रहेको अध्ययनमा उल्लेख गरिएको छ।

युवापुस्ताले डिजिटल र प्रविधिमा केन्द्रित उद्यममा बढी रुचि राखेका देखिन्छ भने ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमी सबैभन्दा बढी कृषि क्षेत्रमा संलग्न रहेका देखिन्छ। सबैभन्दा कम सूचना प्रविधि क्षेत्रमा २६.८ प्रतिशत युवा आवद्ध रहेका छन्। साथै, ५० देख ७० वर्ष उमेर समूहका सबैभन्दा बढी २७.८ प्रतिशत पर्यटन क्षेत्रमा रहेको देखिन्छ भने सूचना प्रविधि क्षेत्रमा यो उमेर समूहको कुनै पनि संलग्नता नरहेको अध्ययनमा उल्लेख छ।

औैद्योगिक व्यावसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’ भएका कोशी प्रदेशका उद्यमहरूको सङ्ख्यालाई आधार मानी १६० वटा स्टार्टअप उद्यमबाट तथ्याङ्क सङ्कलन गरिएको केन्द्रीय बैंकले जनाएको छ।

अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी पाँच व्यावसायिक क्षेत्र समावेश छन्। त्यसमा कृषि तथा वनजन्य ४१.३ प्रतिशत, उत्पादनमूलक १८.१ प्रतिशत, सेवामूलक १७.पाँच प्रतिशत, पर्यटन १३.८ प्रतिशत र सूचना प्रविधि क्षेत्रमा ९.४ प्रतिशत उद्यम छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको