Like us!
Follow us!
Connect us!
Watch us!

स्टार्टअप कर्जाका लागि १३१४ वटा परियोजना सर्टलिस्ट

अर्थ संसार

आइतबार, २१ पुस २०८१, १३ : ५६ मा प्रकाशित

स्टार्टअप कर्जाका लागि १३१४ वटा परियोजना सर्टलिस्ट

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिएकाहरूमध्ये प्रारम्भिक चरणमा प्रवेश गरेकाहरूको सूची सार्वजनिक भएको छ ।

औद्योगिक व्यवसाय प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ बमोजिम गत भदौ ११ देखि ३१ सम्म आवेदन आह्वान गरेको थियो ।

सो अवधिमा कुल ५ हजार १५८ आवेदन परेकोमा १ हजार ३१४ आवेदक प्रारम्भिक छनोटमा परेको प्रतिष्ठानले शुक्रबार सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

प्रतिष्ठानका अनुसार यस वर्ष उक्त कार्यक्रमको बजेट १ अर्ब रुपैयाँको रहेको र जसबाट बढीमा ६०० जनालाई कर्जा दिने योजना रहेको छ ।

यो वर्ष पनि उद्यमीले छानिएका परियोजनाका लागि बढीमा २५ लाख रुपैयाँ कर्जा पाउनेछन् । सरकारले उद्यमीले पेस गरेका योग्य परियोजना धितो राखेर यस्तो कर्जा उपलब्ध गराउँदै आएको छ ।

677a3f47d03e8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको