Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रोलाई आईपीओ बिकाउनै हम्मे-हम्मे, दोस्रो पटक थपियो आवेदनको म्याद

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, ०६ : २१ मा प्रकाशित

हिमालयन हाइड्रोलाई आईपीओ बिकाउनै हम्मे-हम्मे, दोस्रो पटक थपियो आवेदनको म्याद

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । उक्त आईपीओ भर्ने म्याद पूनः दोस्रो पटक थपिएको छ । यसअघि जेठ ८ गते, आइतबार सम्म आवेदन दिन पाइने भनिएकोमा बिक्री नभपछि पहिलो पटक म्याद थपेर अब जेठ १६ पुर्याइएको थियो तर उक्त अवधिमा पनि आईपिओ बिक्रि नभएपछि पूनः जेठ २३ गतेसम्मका लागि म्याद थप गरिएको छ । 

कम्पनीले विद्यमान जारी पूँजीको ८.२२ प्रतिशत अर्थात् ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण सेयर  निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको सूचनाः

629413221ebf1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको