Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, १० : ४१ मा प्रकाशित

नेपाल इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज जेठ १६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीकाे जेठ ६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ७३औँ वार्षिक साधारण सभा जेठ ३० गते, साेमबार, नेपाल पर्यटन बाेर्ड, प्रदर्शनीमार्ग, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको चैत्र ७ गते बसेको सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीकाे अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरी २.६ अर्ब पुर्याउने, २ जना सर्वसाधारण र २ जना संस्थापक सञ्चालककाे निर्वाचन गर्ने, बैठक भत्ता र सुविधा पुनरावलाेकन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको