Like us!
Follow us!
Connect us!
Watch us!

‘कबड्डी ४’ की नायिकाविरुद्ध केएल टावर अगाडि प्रदर्शन

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, ११ : ५६ मा प्रकाशित

‘कबड्डी ४’ की नायिकाविरुद्ध केएल टावर अगाडि प्रदर्शन

कबड्डी ४ की नायिका मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै प्रदर्शन गरिएको हाे । 

कबड्डी-४  सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै तामाङ थरका युवालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो। 

अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्। उनकाे विराेध गर्दै केएल टावर अगाडि केही युवाहरूले फिल्मको पोष्टरसमेत जलाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको